images
images

एक सातामा १ सय ३६ अंकले घट्यो शेयर बजार


  • 460
    SHARES
  • २०७८ मंसिर २३ गते बिहीबार

    एक सातामा १ सय ३६ अंकले घट्यो शेयर बजार

    काठमाडौं । एक सातामा शेयर बजार परिसूचक (नेप्से) मा १ सय ३६ अंकले गिरावट आएको छ । अघिल्लो साता विहीबारको अन्तिम कारोबारको तुलनामा यो साता अन्तिम कारोबार हुँदा परिसूचक १ सय ३६ दशमलव २२ अंकले घटेर २ हजार ४सय ४९ दशमलव ९७ विन्दुमा पुगेको हो । 

    यो साता बजारमा ५ दिन कारोबार भएकोमा ४ दिन मूल्य घटेको छ भने तीव्र उतासचढावबीच १ दिन मूल्य बढेको छ । साताको पहिलो दिन आइतबार एकै दिन ७२ अंकले घटेको शेयर बजार सोमबार ३२ अंकले बढेको थियो । 

    मंगलबार, बुधबार र आज बिहीबार भने तीनै दिन बजार घटेर बन्द भएको छ । मंगलबार झन्डै ३८ अंकले घटेको परिसूचक बुधबार झन्डै ५३ अंकले घटेको थियो । अन्तिम दिन बिहीबार बजारले सुधारको बाटो समात्ने अपेक्षा गरिए पनि आज पनि बजार झिनो अंकले घटेर बन्द भएको हो । 

    बिहीबार नेप्से परिसूचक ५.८४अंकले घटेको छ । यो दिन बजारमा होटल र अन्य समूह बाहेक सबै उपसूचकहरुमा गिरावट आएका छन् । बजारको गिरावट थोरै भए पनि फाइनान्स, विकास बैंक, हाइड्रोपावर र अन्य समूहमा १ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । 

    परिसूचकसँगै यो साता बजारमा कारोबार रकममा पनि क्रमशः गिरावट आएको छ । आइतबार सोमबार साढे ४ अर्ब रुपैयाँ रहेको कारोबार अहिले घटेर २ अर्ब ६) करोडमा झरेको छ । यो त्यही बजार हो जसले एकैदिन २० अर्ब बढीको कारोबार गरेको थियो । तर, यसपटक ५ दिनमा मुस्किलले १७ अर्ब मात्रै कारोबार हुन सक्यो ।

    शेयर बजारमा कारोबार रकमलाई आगामी दिनमा बजारस परिसूचक घटबढको आधार मानिन्छ । निरन्तर बजार घट्दा पनि कारोबार बढ्न नसक्नुलाई वियरिस ट्रेन्डको संकेत मानिन्छ । यो साता बजारले यस्तै संकेत गरेको छ । 

    बजारमा लगानीकर्ताको गुमेको मनोबललाई फर्काउन लगानीकर्ता संघका नेताहरुले समस्या समाधान कार्यदल बनाए पनि त्यसले समेत लगानीकर्तालाई विश्वस्त बनाउन सकेको छैन । 

    किन घट्दैछ बजार ? 

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गरेको २ साता अघि नै हो । तर, मौद्रिक नीतिमा भएको व्यवस्थाको छायाँ यतिबेला शेयर बजारमा देखिएको छ । 

    पुस आउनै लाग्दा दोस्रो त्रैमासको ब्याज र किस्ता बुझाउने मिति नजिकिँदै गएको छ । यस्तो अवस्थामा शेयर बजारमा बैंकबाट ऋण लिएर लगानी गर्नेहरुको ऋण नवीकरणको सम्भावना पनि घट्दै गएको छ । बैंकहरुले समेत अनुत्पादक क्षेत्रको यस्तो लगानी फिर्ता गराउन दवाव दिन थालेपछि यसको प्रभाव बजारमा देखिन थालेको हो । 

    यसबाहेक विगतदेखि नै देखिँदै आएको तरलता अभाव लगायत समस्याको प्रभाव बजारमा यथावत रहँदै आएको छ । यसले पनि बजारलाई बढ्न नदिन सहयोग गरिरहेको देखिन्छ । 

    बजार उच्च रुपमा घट्दै जाँदा यतिबेला सरकारका अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नर भने लगानीकर्ताको आँखाको तारो बनेका छन् । उनीहरुले अर्थमन्त्रीलाई पुँजी बजार विस्तारको बाधक भन्दै आगामी चुनावमा नो भोट अभियान चलाउन थालेका छन् ।


    विविका तिमल्सिना
    तिमिल्सिना नेपालअर्थ डटकमकी संवाददाता हुन् ।


    images

    Logo