images
images

दशैं नजिकिँदै हवाई भाडा चर्कियो, यात्रु मारमा


  • 388
    SHARES
  • २०८२ आश्विन ४ गते शनिबार

    दशैं नजिकिँदै हवाई भाडा चर्कियो, यात्रु मारमा

    काठमाडाैं । दशैं नजिकिँदै गर्दा आन्तरिक उडानको हवाई भाडा आकाशिएको छ । वायुसेवा प्रदायक कम्पनीहरूले न्यूनतम दरमा टिकट उपलब्ध गराउन छोडेर अधिकतम मूल्यमै बिक्री गर्न थालेपछि यात्रुहरू मारमा परेका छन् ।

    धनगढीका लागि आज कुनै उडान छैन । भोलि र पर्सी १६ हजार रुपैयाँभन्दा कममा टिकट पाइँदैन भने मंगलबारका लागि न्यूनतम १२ हजार रुपैयाँ दर देखिएको छ । दशैंमा काठमाडौं–धनगढी यात्रु धेरै हुने भएकाले टिकट अचाक्ली महँगिएको हो । तर फर्किनेतर्फ भने तुलनात्मक रूपमा सस्तो भाडा छ—शनिबार धनगढी–काठमाडौं रुटमा ६ हजार ९०० रुपैयाँमै टिकट उपलब्ध छ ।

    यसैगरी, काठमाडौं–सुर्खेत उडान सामान्यतया साढे सात हजार रुपैयाँमा हुने भए पनि अहिले १० हजारभन्दा कममा टिकट पाइँदैन । काठमाडौं–भद्रपुर भाडा सात हजार नाघेको छ, तर भद्रपुर–काठमाडौं फर्किँदा पाँच हजार ७०० रुपैयाँमै पाउन सकिन्छ ।

    नेपालगञ्ज रुटमा पनि भाडा वृद्धि भएको छ । काठमाडौं फर्कन पाँच हजार चार सयमै सम्भव भए पनि नेपालगञ्ज जान आठ हजार ३०० रुपैयाँसम्म तिर्नुपर्ने देखिएको छ ।

    उच्च आय भएका यात्रुका लागि यो ठूलो समस्या नभए पनि बिरामी लिएर यात्रा गर्नुपर्ने वा अत्यावश्यक कामले ओहोरदोहोर गर्नुपर्ने सर्वसाधारण यात्रुहरू भने प्रत्यक्ष मारमा परेको गुनासो गरेका छन् ।


    images

    Logo