images
images

अध्यागमन विभागले दसैँ बिदामा पर्यटक भिसा शाखा खुला राख्ने


  • 193
    SHARES
  • २०८२ आश्विन ९ गते बिहीबार

    अध्यागमन विभागले दसैँ बिदामा पर्यटक भिसा शाखा खुला राख्ने

    काठमाडौँ । अध्यागमन विभागले बडादसैँको बिदामा पनि पर्यटक भिसा शाखा खुला रहने जनाएको छ । विभागले विज्ञप्ति जारी गर्दै विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने जानकारी गराएको हो ।

     

    असोज १६ गते विजयादशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा सेवा उपलब्ध गराइने विभागले उल्लेख गरेको छ । नेपाल पर्यटन बोर्डले पनि पर्यटक आवागमनलाई सहज तुल्याउन आफ्नो सेवालाई निरन्तरता दिने भएको छ ।

    बोर्डले विदेशी पर्यटकलाई सेवा उपलब्ध गराउन दसैँ अवधिभर छुट्टै सेल गठन गरी निश्चित कर्मचारी खटाएर सेवा दिने जनाएको छ ।


    images

    Logo