images
images

धवलागिरि पदमार्गमा हराएका पर्यटक भेटिए


  • 160
    SHARES
  • २०८२ कार्तिक २ गते आइतबार

    धवलागिरि पदमार्गमा हराएका पर्यटक भेटिए

    म्याग्दी र मुस्ताङ जोड्ने धवलागिरि चक्रीय पदमार्गमा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन्।

    धवलागिरि गाउँपालिका–४ मा रहेको धवलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएका मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ः०० बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए।

    सेभेन समिट ट्रेकिङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएको बताएका छन्।

    मार्फा निस्कनुपर्नेमा जङ्गलैजङ्गलको बाटो भएर उनीहरू स्याङमा पुगेका हुन्। उनीहरूको खोजीमा कम्पनीले हेलिकप्टर पनि परिचालन गरेको थियो।


    images

    Logo