images
images

नबिलको एसएसई फेलोशिप प्रोगामको आवेदन खुल्यो, कसरी सहभागी हुने ?


  • 414
    SHARES
  • २०७८ मंसिर २८ गते मंगलबार

    नबिलको एसएसई फेलोशिप प्रोगामको आवेदन खुल्यो, कसरी सहभागी हुने ?

    काठमाडौं ।  नबिल बैंकको एसएसई फेलोशिप प्रोगाम–२०२२ का लागि आवेदन खुला भएको छ । नबिल बैंकले एक सुचना जारी गर्दै सो कार्यक्रमको लागि आवेदन माग गरेको हो । त्यसरी आवेदन दिने अन्तिम मिति पुष ९ गते सम्म तोकिएको छ । 

    नबिल बैंकले आफ्नो संस्थागत समामजिक उत्तरदायित्व अन्तर्गत समाजमा उद्यमशीलताको प्रंवद्र्धन गर्ने लक्ष्यसहित यो कार्यक्रमा सुरु गरेको हो । कार्यक्रमले समाजमा रहेका विभिन्न समस्याको दीर्घकालीन समाधान गर्ने खालको उद्यमशीलतालाई प्रवद्र्धन गर्ने जनाइएको छ । यसले आर्थिक तथा सामाजिक रुपान्तरणलाई बढावा दिने विश्वास समेत बैंकको छ । 

    यसअघि बैंकले कार्यक्रम सुरुवातका लागि त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँग सम्झौता गरेको थियो । यस अन्तर्गत बैंकले देशका सातै प्रदेशका एक एक क्याम्पसमा यस्तो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । कार्यक्रम अन्तर्गत बैंकले  जीविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ, कला तथा सामुदायिक हित, उर्जा लगायत क्षेत्रसँग सम्बन्धित उद्यमशीलता विकास गर्न आवश्यक सीप विकास तथा वित्तीय सहयोग समेत उपलब्ध गराउनेछ । 

    यो कार्यक्रमले उद्योगका लागि अवधारणा निर्माण गर्ने, त्यस्तो अवधारणलाई लगानीयोग्य बनाउने तथा साना साना सीपबाट जीवनयापन गरिरहेकालाई उद्यमी बनाउने लक्ष्य राखेको छ । यो कार्यक्रम अन्तर्गत बैंकले कुल ७ सय जना विद्यार्थीलाई सामाजिक उद्यमी बनाउने बैंकले जनाएको छ । 

    यो वर्ष भने बैंकले ४० जनालाई यस्तो तालिम दिनेछ । यो कार्यक्रम अन्तर्गत ६ महिने आवासीय तालिम सञ्चालन हुनेछ । जसमा तालिम खर्च, खाना तथा आवास सुविधा बैंकले उपलब्ध गराउनेछ भने यातायात खर्च भने तालिम लिने व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ । 

    यो कार्यक्रमको लागि आवेदन दिन १८ वर्ष पूरा भइ ५० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । सहभागी हुन चाहने व्यक्तिले आफूले समाधान गर्न चाहेको सामाजिक समस्याबारे प्रष्ट योजना तथा समाधान गर्नुपर्ने विषयको खाका पेश गर्नु पर्नेछ । 

    सहभागिताको लागि त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रेसन नम्बर वा विश्वव्द्यिालयसँग सम्बद्धता भएको कुनै प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रशिक्षणमा सहभागी हुने व्यक्ति तालिममा ९० प्रतिशत हाजिर हुनुपर्ने व्यवस्था गरिएको छ । 


    images

    Logo