images
images

बर्दियाको गुलरियामा बजाज मोटरसाइकलको नयाँ शोरुम


  • 518
    SHARES
  • २०७८ पौष १ गते बिहीबार

    बर्दियाको गुलरियामा बजाज मोटरसाइकलको नयाँ शोरुम

    काठमाडौं । बजाज मोटरसाइकलको नयाँ शोरुम बर्दियामा खुलेको छ । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बर्दियाको गुलरियामा ग्लोबल अटोमोटिभ्स नामको शोरुम उद्घाटन गरेको हो । सो शोरुमको डिलरसीप चन्द्रदीप जोशीले  लिएका छन् । 

    नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो रुपमा सुविधा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । 

    नयाँ शोरुम शुभारम्भ गर्दै गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले भने, “हामी गुलरियामा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । गुलरियामा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्नेछन्।”


    images

    Logo