काठमाडौं । नेकपा एमालेको अध्यक्षमा भारी मतका साथ केपी शर्मा ओली विजयी भएका छन् ।ओलीले १६ सय ६३ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन् । औपचारिक घोषणा हुन बाँकी छ । मंसिर २७ गते शुरु भएको महाधिवेशन अन्तर्गत हिजो बिहानदेखि आज बिहानसम्म मतदान भएको थियो ।


