images
images

मोबाइल व्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व


  • 384
    SHARES
  • २०८२ पौष ६ गते आइतबार

    मोबाइल व्यवसायी संघ काठमाडौंमा नयाँ नेतृत्व

    काठमाडौं। नेपाल मोबाईल ब्यवसायी संघ काठमाडौंको अध्यक्षमा जनक बस्नेत निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाले बस्नेतको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो। 

    बस्नेत यसअघि कार्यसमितिमा उपाध्यक्ष थिए। निर्वाचन समिति संयोजक तथा अधिवक्ता जनक साउदका अनुसार संघको उपाध्यक्ष पदमा दिपक अधिकारी र प्रकाश कार्की निर्विरोध निर्वाचित भएका छन्। यसैगरी महासचिवमा ईन्जिनियर गणेश उप्रेती, सचिवमा रामबाबु भट्ट, कोषाध्यक्षमा लेखनाथ अधिकारी र सहकोषाध्यक्षमा उमेश चौलागाईं चुनिएका छन्।
     
    निवर्तमान अध्यक्ष सुरेश बानेयाँले २५ सदस्यीय कार्यसमिति पूर्णरुपमा निर्विरोध चयन भएको जानकारी दिए। निर्वाचित कार्यसमितिको कार्यावधि दुई वर्षको हुने बानियाँले बताए।




    images

    Logo