काठमाडौं । सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ।
महासंघका अनुसार सुनको मुल्य आज प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ कायम भएको छ। चाँदीको मुल्य पनि प्रतितोला ४ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । जुन अघिल्लो दिनभन्दा १३० रुपैयाँ बढी हो।
सुन गत सोमबार त्यसअघिका सबै रेकर्ड तोड्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । त्यस्तै चाँदीको मुल्यले केही दिनयता नै नयाँ रेकर्ड बनाइरहेको छ । चाँदी अघिल्लो अघिल्लो दिन ४ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार, सुन र चाँदीको अन्तर्राष्ट्रिय बजार मुल्यलेसमेत नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४३९७ अमेरिकी डलर पुगेको छ । त्यस्तै चाँदी प्रतिऔंस ६९.३७ अमेरिकी डलर पुगेको छ ।


