images
images

सुनको मूल्य एकैदिन ५५०० रुपैयाँ बढेर नयाँ कृतिमान


  • 425
    SHARES
  • २०८२ पौष ८ गते मंगलबार

    सुनको मूल्य एकैदिन ५५०० रुपैयाँ बढेर नयाँ कृतिमान

    काठमाडौँ । सुनको मूल्य मंगलबार एकैदिन ५५०० रुपैयाँ बढेर नयाँ कृतिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा २ लाख ६१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ६७ हजार २०० रुपैयाँ पुगेको हो ।  

    अघिल्लो दिन पनि सुन र चाँदीको मूल्यले नयाँ कृतिमान बनाएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रति तोला २० रूपैयाँ बढेको छ । सोमबार तोलामा ४ हजार २३५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




    images

    Logo