images
images

तराईमा सितलहर र बाक्लो हुस्सु अझै केही दिन लम्बिने


  • 289
    SHARES
  • २०८२ पौष ९ गते बुधबार

    तराईमा सितलहर र बाक्लो हुस्सु अझै केही दिन लम्बिने

    काठमाडौं । तराईमा लागेको बाक्लो हुस्सु र सितलहर केही दिन लम्बिने भएको छ । छ दिनयता तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ । 

    जल तथा मौसम विज्ञान विभागले तराईमा लागेको सितलहर बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने जनाएको छ । बिभागले बाक्लो हुस्सुका कारण अत्याधिक चिसो बढेको बताउँदै आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

    विभागका मौसमविद् हरिप्रसाद दाहालले आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरे । 

     




    images

    Logo