images
images

दुर्घटनामा परी क्रिकेट खेलाडी थापाको निधन


  • 246
    SHARES
  • २०८२ पौष १० गते बिहीबार

    दुर्घटनामा परी क्रिकेट खेलाडी थापाको निधन

    काठमाडौँ । मोटरसाइकल दुर्घटना हुँदा कोशी प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ ।मोरङको विराटनगरमा आज बिहान भएको दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो ।

     विराटनगर–४ स्थित भित्री सडकखण्डमा एयरपोर्ट लाइनबाट गणेश चोक जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।

    घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 




    images

    Logo