images
images

सुनको मूल्यमा फेरी कीर्तिमान, कतिमा हुंदैछ कारोवार ?


  • 504
    SHARES
  • २०८२ पौष ११ गते शुक्रबार

    सुनको मूल्यमा फेरी कीर्तिमान, कतिमा हुंदैछ कारोवार ?

    काठमाडौं । सुनको मूल्यमले फेरी अर्को कीर्तिमान बनाएको छ । आज नेपाली वजारमा सुन तोलाको दुई लाख ७० हजारनजिक कारोवार भइराखेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार १८ सय रुपैयाँले बढेर  छापावाल सुनको मूल्य तोलाको दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । 

    बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ६७ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । सुनको यसअघिको उच्च मूल्य प्रतितोला दुई लाख ६८ हजार १०० रुपैयाँ थियो । 

    चाँदीको मूल्य पनि आज तोलामा १६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ५६५ रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला चार हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।




    images

    Logo