काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा रराष्ट्रमन्त्री बन्ने भएका छन् । माओवादी लडाकु समायोजन समितिको संयोजकका रुपमा काम गरिसकेका शर्मालाई आज परराष्ट्रमन्त्रीमा नियुक्त गरिन लागेको बालुवाटार स्रोतले जनाएको छ ।
उनको आजै शपथग्रहण तय भएको स्रोतको भनाई छ । प्रधान सेनापति बन्न नपाएका शर्मा त्यसयता भने देशको विभिन्न जिम्मेवारी पाउँदै आएका पूर्वजर्नेल हुन् ।
शर्माले माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने काम गरेका थिए । त्यसैगरी महामारीको रुपमा फैलिएको कोभिड संकटको बेलासमेत शर्माले सीसीएमसीमा रहेर काम गरेका थिए ।


