काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्माले शपथ लिएका छन् । शुक्रबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्दै शपथ खुवाएका हुन् ।
आज मात्रै प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पराष्ट्रमन्त्रीमा सिफारिस गरेकी थिइन । परराष्ट्र मन्त्रालय यसअघि प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी थिइन् ।
केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । उनको विज्ञतालाई समेत ख्याल गरेर परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
अब प्रधानमन्त्री कार्कीले आफूसँग रक्षा र खानेपानी मन्त्रालय मात्र रहेको । मन्त्रिपरषद् पाँचौपटक बिस्तार भएको हो । यो बिस्तारसंगै मन्त्रीपरिषद १५ सदस्य संख्या भएको छ ।


