काठमाडौं । राजधानीको ठमेलस्थित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्ग पक्राउ परेका छन्। क्यासिनोमा डमी खेलाडी तयार पारेर, आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले ठगीबारे अनुसन्धान गर्न शुक्रबार च्यान मिन चिङ्गलाई पक्राउ गरिएको बताए । पक्राउ परेका अध्यक्ष च्यान मिन चिङ्गमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामो ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ मा भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजन सहित ६ जनालाई पक्राउ गरेको थियो ।


