images
images

गृहसहित सात सचिवको सरुवा, को कहाँ पुगे ?


  • 170
    SHARES
  • २०८२ पौष १४ गते सोमबार

    गृहसहित सात सचिवको सरुवा, को कहाँ पुगे ?

    काठमाडौँ । गृह सचिवसहित ७ सचिवको सरुवा भएको छ । पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले सात सचिवको सरुवा गरेको हो । सरुवा अनुसार, गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गरिएको छ । 

    गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ। यस्तै लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ ।

    युवा तथा खेलकुद सचिव डा. हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई सरुवा गरिएको छ ।




    images

    Logo