images
images

भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा श्रीमतिको मृत्यु, श्रीमान् घाइते


  • 197
    SHARES
  • २०८२ पौष १५ गते मंगलबार

    भक्तपुरमा ट्यांकरले ठक्कर दिँदा  श्रीमतिको मृत्यु, श्रीमान् घाइते

    भक्तपुर । ट्यांकरले ठक्कर दिँदा भक्तपुरमा श्रीमतिको मृत्यु भएको छ । श्रीमान् गम्भिर घाइते भएका छन् ।

    मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा आज बिहानै ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमतिको मृत्यु भएको छ भने श्रीमान गम्भिर घाइते भएका छन् । 

    लोकन्थली चौकमा बिहान सवा नौ बजे काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको ना. ७ ख. ९२६६ नं.को डिजेल बोकेको ट्याङकरले भक्तपुर तर्फनै जादै गरेको बा. २३ प. ९२३४ नं. को मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकलको पछाडि सवार ३२ वर्षीया स्वस्तिका ऐर बडालको घट्नास्थलमै मृत्यु भएको हो । 

    दुर्घटनामा मोटरसाइकल चालक दार्चुला नौगाड गाउँपालिका–१ घर भई हाल काठमाडौं किर्तिपुर बस्दै आएका ३४ वर्षीय करण सिंह गम्भिर घाईते अबस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    दुर्घटना लगत्तै दुबैलाई कौशल्टारस्थित भक्तपुर ईन्टरनेशनल अस्पताल पठाईएकामा चिकित्सकले श्रीमतिको मृत्यु भइसकेको घोषणा गरेका थिए । श्रीमानको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरी बृत्त थिमिका प्रहरी नायव उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । 

    प्रहरीले दुवै सवारी साधन र ट्याङकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ अम्लेखगंज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएर प्रहरी बृत्त थिमिमा राखेको छ ।




    images

    Logo