images
images

सुनसरीमा एक सर्वसाधारणको गोली हानी हत्या


  • 151
    SHARES
  • २०८२ पौष १७ गते बिहीबार

    सुनसरीमा एक सर्वसाधारणको गोली हानी हत्या

    काठमाडौँ । सुनसरीमा अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको पुरी टोलमा गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको मृत्यु भएको हो । 

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार राति करिब १ बजेतिर अपरिचित व्यक्तिले चलाएको गोली लागेर साहको ज्यान गएको हो । घटनास्थलबाट प्रहरीले गोलीको खोका फेला परेको छ । घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




    images

    Logo