images
images

काठमाडौँ उपत्यकामा आज यसवर्षकै चिसो


  • 424
    SHARES
  • २०८२ पौष १७ गते बिहीबार

    काठमाडौँ उपत्यकामा आज यसवर्षकै चिसो

    काठमाडौं । आज काठमाडौँ उपत्यकामा यसवर्षकै सबैभन्दा चिसो दिन बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ८ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियसमा ओर्लिएपछि राजधानीमा आज बिहान बढी चिसो महसुस गरिएको हो। 

    यो यसवर्षको सबैभन्दा मुनि झरेको तापक्रम न्यूनतम तापक्रम हो। आजै बिहान ५.४५ बजेको सुरुवाती मापनमा भने काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो। बुधबार भने काठमाडौँको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस थियो। 

    राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्ने मौसमविद्हरु बताउँछन् । बादल लाग्यो भने बढ्छ। यसको ठिक उल्टो दिउँसो आकाश सफा रह्यो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम बढ्नेगर्छ । बादल लाग्यो भने घाम नदेखिने भएकाले पनि अधिकतम घट्नेगर्छ। 

     




    images
    images

    Logo