images
images

कोइला बालेर सुत्दा निस्सासिएर शिशुको मृत्यु, तीन जना अचेत


  • 252
    SHARES
  • २०८२ पौष १७ गते बिहीबार

    कोइला बालेर सुत्दा निस्सासिएर शिशुको मृत्यु, तीन जना अचेत

    सुर्खेत । सुर्खेतमा कोइला बालेर सुतेको अवस्थामा एक ३८ दिनको शिशुको ज्यान गएको छ । सोहि परिवारका थप तीन जना  सिकिस्त बिरामी भएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बाल्दा निस्किएको धुवाँका कारण ३८ दिनको शिशुको मृत्यु भएको हो ।

    भेरीगंगा नगरपालिका–२ का स्थायी बासिन्दा तारा बुढा हाल वीरेन्द्रनगर–१२ मा डेरा गरी बस्दै आएकी थिइन्। बिहीबार बिहान लामो समयसम्म कोठाबाट नउठेपछि घरधनीले ढोका खोलेर हेर्दा कोठाभित्र चारै जना अचेत अवस्थामा फेला परेका थिए।

    तीमध्ये ३८ दिनकी छोरी प्रतीक्षा बुढाको घटनास्थलमै मृत्यु भइसकेको थियो। बेहोस अवस्थामा रहेकी तारा बुढा, उनकी भदैनी संगम बुढा र १० वर्षका छोरा प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ।

    प्रहरीका अनुसार बन्द कोठाभित्र कोइला बालेर सुतेका कारण अक्सिजनको कमी भई घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। शिशुको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ।




    images

    Logo