काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्न भन्दै पुस २७ र २८ लाई हल बुकिङ गराएका छन्। केन्द्रीय सदस्य प्रतिमा गौतमका अनुसार, पुस २७ र २८ लाई भृकुटीमण्डपको हल बुकिङ गरिएको छ।
नियमित महाधिवेशनको सम्भावना सकिएपछि पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको भन्दै विशेष महाधिवेशनका लागि हल बुकिङ गरिएको गौतमको भनाई छ । हल बुकिङ गरेसंगै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको जानकारी पार्टी सभापतिलाई दिन सानेपा गएको बताइएको छ ।
कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले असोज २९ गते विशेष महाधिवेशनको मागगर्दै हस्ताक्षर बुझाएका थिए। विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी विधान अनुसार नै महामन्त्रीद्वय अघि बढेको बताइएको छ । संस्थापन पक्ष भने नियमित कार्यतालिका नै परिवर्तन गरेर चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा देखिएको छ।


