काठमाडौं । आज सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको छ । सोमबार प्रति तोला २ लाख ६५ हजार रुपैयाँ रहेको सुन मंगलबार २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो ।
आज चाँदीको मूल्य पनि बढेर तोलाको ४ हजार ८८० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजारमा बढेसंगैं स्थानीय वजारमा सुनको भाउ बढेको हो ।
सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १९५ रुपैया बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


