काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यको भेला आज हुने भएको छ । बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा हुने भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि सूचना गरिएको छ ।
केन्द्रीय सदस्य किरण पौडेलले संयोजन गरेको भेलाका लागि संस्थापन पक्षले बिहीबार केन्द्रीय सदस्यलाई सूचना पठाएको थियो । नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १० बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ भ्न्न्ने व्यहोराको सूचना पौडेलले केन्द्रीय सदस्यहरूलाई पठाएका छन् ।
भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।


