काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको छ । आइतबार अपरान्ह १ः३० वजे काठमाडौंंको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको हो ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले रुखमा पानी शिचिंत गरेर विशेष महाधिवेषनको उद्घाटन् गरे । कार्यक्रममा पाँच दर्जनबढी केन्द्रीय स्तरका नेता लगायतको उपस्थिति रहेको छ ।
उद्घाटनसत्रअघि उपत्यकाका विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटीमण्डप पुगेको थियो । विशेष महाधिवेशन भोलिसम्म चल्ने जनाइएको छ । विशेष महाधिवेशनमा उल्लेख्य संख्यामा उपस्थिति रहेको छ ।


