images
images

विशेष महाधिवेशनको पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता


  • 136
    SHARES
  • २०८२ पौष २८ गते सोमबार

    विशेष महाधिवेशनको पहिलो दिन २६ सय ६२ प्रतिनिधिको नाम दर्ता

    काठमाडौं। नेपाली कांग्रेसको काठमाडौंमा आइतबारबाट सुरु भएको विशेष महाधिवेशनमा पहिलो दिन २६ सय ६२ जना प्रतिनिधिले नाम दताए गराएका छन्। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२को सचिवालयद्धारा जारी विज्ञप्ति अनुसार आइतबार राती ९ बजेसम्म २६ सय ६२ प्रतिनिधिहरुको नामावली दर्ता भएको हो ।

    जसअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदुरपश्चिम प्रदेशबाट १५८, उपत्यकाका तीन जिल्लाबाट १७८, भातृ सुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि गरी जम्मा २६ सय ६२ जनाले नाम दर्ता गराएका हुन्। 

    सचिवालयकातर्फबाट युवराज पाण्डेले जारी गरेको सो विज्ञप्ति अनुसार सोमबारसमेत प्रतिनिधिहरुको नाम दर्ता हुनेछ। सोमबार विहान ८ बजेबाट नाम दर्ता हुने तथा बनदशत्र विहान १० बजेबाट हुने जनाइएको छ।

    Tags:

    # nc



    images

    Logo