काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखिमात्र हुने भएको छ । यसअघि बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको र खाजाको समय पनि छुट्टाइएकाले दुई घण्टा ढिला गरी बन्द सत्र हुन लागेको हो ।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार प्रसार संयोजक सुवास पोखरेलका अनुसार बिहान ८ बजेदेखि दर्ता र खाजाको क्रम शुरू हुनेछ भने १० बजेदेखि बन्द सत्र चालु हुनेछ । थुप्रैको संख्यामा प्रतिनिधिले आइतबारको उद्घाटनका कारण दर्ता नगरेको पाइएकाले सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने पोखरेलले बताए ।
बन्दसत्र अघिमात्र महाधिवेशन प्रतिनिधिको यकिन सहभागिता संख्या आउनेछ ।


