images
images

समानुपातिक उम्मेदवारले आज साँझसम्म उम्मेदवारी फिर्ता लिन पाउँने


  • 309
    SHARES
  • २०८२ पौष २८ गते सोमबार

    समानुपातिक उम्मेदवारले आज साँझसम्म उम्मेदवारी फिर्ता लिन पाउँने

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारले आजसाँझ ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन पाउँने छन्। निर्वाचन आयोगले आज सूचना जारी गरी सो जानकारी गराएको हो । 

    प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने ब्यहोरा सम्बन्धित सबै उम्मेदवारहरूलाई जानकारी गराएको छ। 


    हरिहरभवनस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालय निर्वाचन आयोगमा सोमबार बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने आयोगले जनाएको छ। 

    साथै बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सकिने र कुनै कारणवस सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ। 




    images

    Logo