images
images

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुनको बढयो


  • 250
    SHARES
  • २०८२ माघ २ गते शुक्रबार

    शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर, कुनको बढयो

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०४ रुपैयाँ १७ पैसा तोकिएको छ ।

    यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।

    राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

    Tags:

    # NTC



    images

    Logo