काठमाडौँ । सरकारले घोषणा गरेको पुरस्कार चार महिना बित्दा पनि नदिएको गुनासो नेपाली राष्ट्रिय कप्तान रोहित पौडेलले गरेका छन् । ट्वान्टी २० विश्वकपमा पुगे पनि घोषित पुरस्कार नपाएकोमा नेपाली राष्ट्रिय कप्तान पौडेलले गुनासो पोखेका हन् । ु
अक्टोबरमा ओमानमा भएको ट्वान्टी२० विश्वकप छनोट जित्दै नेपालले तेस्रो पटक विश्वकपमा पुगेको थियो । नेपाल सरकारको कार्यविधिअनुसार विश्वकप छनोट जित्ने नेपाली टोलीका खेलाडीले जनही १९ लाख ५० पाउने छ । तर सरकारको कार्यविधिमै उल्लेख भएको पुरस्कार रकम नपाउँदा खेलाडीलाई अप्ठ्यारो परेको रोहित बताए ।
चार महिना भइसक्दा पनि घोषित पुरस्कार नपाएको पौडेलको गुुनासो छ। विश्वकप अगाडि घोषित पुरस्कार आयो भने खेलाडीको मनोबल बढ्ने उनको भनाई छ । सन् २०२३ मा नेपालमै भएको विश्वकप छनोटमा उपविजेता भएर विश्वकप पुगेको नेपाली टोलीका हरेक खेलाडीलाई सरकारले जनही १३ लाख रुपैयाँ प्रदान गरेको थियो । यसपटक ओमानमा नेपाली टोलीले विश्वकप छनोटको उपाधि नै जितेको थियो ।


