images
images

शेरबहादुर देउवा उम्मेदवार नबन्ने


  • 190
    SHARES
  • २०८२ माघ ६ गते मंगलबार

    शेरबहादुर देउवा उम्मेदवार नबन्ने

    काठमाडौँ । नेपाली कांग्रेसका पुर्वसभापति शेरबहादुर देउवा उम्मेदवार नबन्ने भएका छन्। २०४८ सालदेखि डडेल्धुराबाट उम्मेदवार बन्दै आएका र सधैं जित्दै आएका एकमात्र नेता देउवा फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उमेदवार नबन्ने भएका हुन । 

    निर्वाचन नलड्न सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अनुरोध गरेपनि देउवाले अन्तिम पटक चुनाव लड्ने बताएका थिए। सोमबार राति देउवा चुनाव नलड्ने निर्णयमा पुुगेको उनका सहयोगी भानु देउवाले बताए। 

    यसअघि सोमवारमात्र कांग्रेस  नेता पुर्णबहादुर खड्काले पनि उम्मेदवार नबन्ने आशय व्यक्त गरेका थिए । काँग्रेसमा विवाद बढ्नुु अगावै नवनिर्वाचित उपसभापति विश्वप्रकाश शर्माले चुनावमा उम्मेदवार नबन्ने घोषणा गरेका थिए । 

     




    images

    Logo