images
images

प्रतिनिधि सभा प्रत्यक्षतर्फ २६५५ उम्मेदवारी दर्ता


  • 270
    SHARES
  • २०८२ माघ ६ गते मंगलबार

    प्रतिनिधि सभा प्रत्यक्षतर्फ २६५५ उम्मेदवारी दर्ता

    काठमाडौं । प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ २६५५ उम्मेदवारी दर्ता भएको छ । वेलुका पाँच वजेसम्ममा उमेदवारी दिने महिलाको संख्या  ३०३ मात्रै रहेको निर्वाचन आयोगले जनाएको छ । 

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुुसार साँझ ५ वजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यलय प्रवेश गरेकाले उम्मेदवारी दर्ता गर्न पाउने व्यवस्था छ । कतिपय जिल्लामा रातिसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक तर्फबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो ।




    images

    Logo