images
images

मुस्ताङमा चार र मनाङमा पाँच जना मात्र उम्मेदवार


  • 138
    SHARES
  • २०८२ माघ ७ गते बुधबार

    मुस्ताङमा चार र मनाङमा पाँच जना मात्र उम्मेदवार

    काठमाडौँ ।  फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मुस्ताङमा चार जनाले मात्र मनोनयन दर्ता गरेका छन् । अर्को हिमाली जिल्ला मनाङमा पनि पाँच जनाले मात्र उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

    मंगलवार बिहान १० वजेदेखि ५ वजेसम्म ती दुई जिल्लामा नौ जनाको मात्र उमेद्वारी परेको हो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    जस अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो । आयोगले माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । सोही दिन ४ः०० बजेदेखि  उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।




    images

    Logo