images
images

माधवसहित चार नेतामाथिको कारवाही फुकुवा


  • 381
    SHARES
  • २०७८ बैशाख ३० गते बिहीबार

    माधवसहित चार नेतामाथिको कारवाही फुकुवा

    काठमाडौं । नेकपा एमालेले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ ।  

    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

    गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । 

    उनका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।


    images

    Logo