बारा । बारामा धारिलो हतियार प्रहार गरी आमा छोराको हत्या भएको छ । जिल्लाको परवानीपुरमा मंगलबार राति ४५ वर्षीया सुमित्रा देवी र २८ वर्षीय रामेश्वर मण्डलको हत्या भएको हो ।
सो घटनामा परेरसुमित्रा देवीका श्रीमान् जगरुप महतो र छोरी किरण कुमारी घाइते भएका छन् ।उनीहरूको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, परवानीपुर गाउँपालिका– १ रहरियाडीमा राती करिब १२ बजेको समयमा घटना भएको हो ।
हतियार कसले प्रहार गर्यो भन्ने खुल्न सकेको छैन । आमा र छोराको शव घरभित्रै रहेको र तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको बारा प्रहरीले जनाएको छ ।


