images
images

दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो, कति उठ्यो राजश्व


  • 230
    SHARES
  • २०८२ माघ २२ गते बिहीबार

    दुई पाङ्ग्रे सवारीसाधनको आयात बढ्यो, कति उठ्यो राजश्व

    वीरगञ्ज । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वीरगञ्ज भन्सारबाट आयात हुने दुई पाङ्ग्रे सवारीसाधनको आयात बढेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा एक अर्व १८ करोडले बढी हो । 

    अघिल्लो छ महिनामा वीरगञ्ज नाका भएर चार अर्ब ५६ करोड बराबरका ३२ हजार ३३१ वटा मोटरसाइकल आयात भएका छन् । ती सवारी साधनको आयातबाट चार अर्ब ४३ करोड भन्सार लागायतका राजश्व संकलन भएको छ । 

    गत आवको  सोही अवधिमा  तीन अर्ब ३८ करोड बराबरका २५ हजार ८५७ वटा मोटरसाइकल आयात भएका थिए । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको  पहिलो छ महिनामा ४५ करोड ८१ लाख बराबरका  चार हजार ५६७ वटा मोटरसाइकल आयात भएको छन् । गत आवको सोही अवधिमा २० करोड ७६ लाख बराबरका दुई हजार १९२ वटा मोटरसाइकल आयात भएका थिए । 

    यसैगरी, चालु आवको पहिलो छ महिनामा ५८ करोड १८ लाख बराबरका चार हजार ५९४ वटा विद्युतीय मोटरसाइकल आयात भएका छन् । गत आवको सोही अवधिमा ३० करोड ९६ लाख बराबरका  दुई हजार २१८ वटा विद्युतीय मोटरसाइकल आयात भएका थिए ।




    images

    Logo