काठमाडौँ । काठमाडौंमा गोली प्रहार गरेर एक लुटेरालाई नियन्त्रणमा लिइएको छ । उसको साथबाट प्रहरीले पैँसट्ठी तोला सुन बरामद गरेको छ ।
प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको जनाएको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । त्यस क्रममा एक प्रहरी समेत घाइते भएका प्रमुख थापाले बताए ।


