काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन हो ।
प्रलोपा केन्द्रीय सदस्य जन्मदेव जैसीका अनुसार दिवंगत भट्टराईको अन्त्येष्टि बिहीबार नै पशुपति आर्यघाट हुने परिवारले जानकारी दिएको छ ।
स्वास्थ्यमा जटिल समस्या देखिएपछि भोजप्रसादलाई केही दिनअघि बाँसबारीस्थित न्यूरो हस्पिटलमा भर्ना गरिएको थियो । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।


