images
images

लकडाउनका लागि भन्दै टेलिकमले ल्यायो नयाँ अफर : ३९ रुपैंयाँमा दिनभर इन्टरनेट


  • 1.1K
    SHARES
  • २०७८ बैशाख ३० गते बिहीबार

    लकडाउनका लागि भन्दै टेलिकमले ल्यायो नयाँ अफर : ३९ रुपैंयाँमा दिनभर इन्टरनेट

    काठमाडौं । कोभिड महामारीका कारण मुलुकभरी लकडाउन भइरहेको अवस्थामा नेपाल टेलिकमले लकडाउन अफर ल्याएको छ । टेलिकमले बैशाख ३१ देखि एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर अन्तर्गत  अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । 

    सो अफर ३९ रुपैयाँमा उपलब्ध हुनेछ । यसअन्तर्गत बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म १ एमबीपीएस स्पिडको डाटा अनलिमिटेड उपलब्ध हुनेछ । को हुनेछ । दैनिक रुपमा एक पटक मात्र सो प्याक खरिद गर्न सकिने छ । 

    त्यस्तै, टेलिकमले एमपोसबाट मोबाइल रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउनेछ । २ सय देखि ४ सय ९९ रुपैयाँसम्म सम्म रिचार्ज गर्दा ५ सय एमबी डाटा उपलब्ध हुनेछ । सो डाटा २ दिनभित्र प्रयोग गर्न सकिने जनाइएको छ । 

    यसैगरी ५ रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइने छ । सो डाटा ४ दिन भित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 


    images

    Logo