images
images

झापामा तीन मतदान केन्द्रमा मतदान अधिकृतदेखि शुरक्षाकर्मीसम्म महिला


  • 145
    SHARES
  • २०८२ फाल्गुण १४ गते बिहीबार

    झापामा तीन मतदान केन्द्रमा मतदान अधिकृतदेखि शुरक्षाकर्मीसम्म महिला

    झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन् । भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको हो । 

    मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईका अनुसार, रङ्गशालाभित्रका तीन वटा मतदान केन्द्रका मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ । सो मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती र सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे रहेका छन् । 

    त्यस्तै ‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा विशेष नापी कार्यालय दमककी सृजना पन्त र सहायक मतदान अधिकृतमा जुनु पोखरेल रहेको बताइएको छ ।  ‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल तथा सहायकमा प्रतिमा राईलाई खटाइएको छ। 

    जिल्ला निर्वाचन कार्यालयका पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुलाई धमाधम निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।  झापामा सात लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् ।

     यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ । 




    images

    Logo