भक्तपुर । भक्तपुरको दुुई नम्वर क्षेत्रमा रास्वपाले अग्रता फराकिलो बनाउँदै लगेको छ । राश्वपाका राजिव खत्रीले प्रारम्भिक मतगणनामा अग्रता कायम गरेका एमालेका महेश बस्नेतलाई दोब्वरबढी मतान्तरले पछि परेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार, खत्रीले बस्नेतलाई २२६५ मतान्तरले पछि पारेका छन् । खत्रीले ४०८४ मत पाउँदा बस्नेतले १८१९ मतका साथ दोश्रो स्थानमा रहे्का छन् । त्यसैगरी नेपाली कांग्रेसका कविर राणाले ८२६ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीका रमेश बैधले १८७ मत पाएका छन् ।
राप्रपाका बिक्रम थापाले १०६ मत पाएका छन् । त्यस्तै नेकपाका राम प्रसाद सापकोटाले १२१ मत ल्याएका छन् भने उज्यालो नेपालका जिताराम लामाले ८६ मत पाएका छन् ।


