images
images

अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना


  • 173
    SHARES
  • २०८२ फाल्गुण २४ गते आइतबार

    अझै तीन दिन बादल लाग्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । देशका विभिन्न क्षेत्रमा मंगलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।

    हाल देशको वायुमण्डलमा उच्च चापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    “यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ”, मौसमविद् लामिछानेले भने । 

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली हुने छ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ । कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा तथा वाग्मती प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा वा हिमपात हुने पूर्वानुमान छ ।


    images

    Logo