images
images

समानुपातिकको ८३ लाख ८२ हजार मतगणना, कुन पार्टीको कति ?


  • 205
    SHARES
  • २०८२ फाल्गुण २५ गते सोमबार

    समानुपातिकको ८३ लाख ८२ हजार मतगणना, कुन पार्टीको कति ?

    काठमाडौँ । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ८३ लाख ८२ हजार ९८४  मत गणना भएको छ  । निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ४० लाख ५० हजार ७५३ मत प्राप्त गरेको छ ।
     
    यस्तै, नेपाली कांग्रेसले १३ लाख ६१ हजार ४३१, नेपाल कम्युनिष्ट पार्टी एमालेले ११ लाख ५१ हजार २५६, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ९२ हजार ४१० , श्रम संस्कृति पार्टीले दुई लाख ९२ हजार ६३  र राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७७ हजार १३  मत प्राप्त गरेको छ । मतगणना जारी छ ।




    images

    Logo