काठमाडौं । कोरोनाभाइरस संक्रमणका कारण वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको निधन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेको गैरेको बिहीबार निधन भएको हो ।
काठमाडौं सिनामगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारत अध्यक्ष गैरेको बिहीबार साँझ ५ बजेर ५० मिनेट जाँदा निधन भएको संघले जनाएको छ ।
अध्यक्षको रुपमा रहँदा उनले वैदेशिक रोजगार व्यवसायीको व्यवसायिक शुद्धीकरणका लागि प्रयास गरेका थिए । कतार रोजगारीको सिन्डिकेट, अवैध अन्तरवार्ता प्रकरण लगायत काण्डमा छानबिनका लागि संघले सरकारलाई साथ दिँदै आएको थियो । यो क्षेत्रलाई सुधार गरेरै छाड्ने गैरे अन्ततः बिदा भएका छन् ।