images
images

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त


  • 157
    SHARES
  • २०८२ चैत्र १ गते आइतबार

    मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

    चितवन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा शनिशार भएको माइक्रोबस दुर्घटनाका घाइतेको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ । दुर्घटनाका नौ जना घाइतेलाई गए रातिनै यहाँ ल्याइएको थियो ।

    अस्पतालका चिकित्सक डा सुदीप केसीका अनुसार पाँच जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनाको न्यूरो सर्जरी र दुई जनाको सर्जरी सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ । घाइतेमध्ये सात जना भारतीय र दुई जना नेपाली छन् । 

    मनकामना दर्शन गरेर फर्केका १६ जना भक्तजन सवार बाप्र ०१–००६ ख ८४३० नम्बरको माइक्रोबसमा  सडकबाट करिब २०० मिटर तल खसेको खसेको थियो । सात भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


    images

    Logo