images
images

कांग्रेसबाट भक्तपुरका दुई उम्मेदवार समानुपातिक सांसदमा निर्वाचित


  • 169
    SHARES
  • २०८२ चैत्र ३ गते मंगलबार

    कांग्रेसबाट भक्तपुरका दुई उम्मेदवार समानुपातिक सांसदमा निर्वाचित

    भक्तपुर । नेपाली काँग्रेस भक्तपुरले समानुपातिकबाट एकैपटक २ जना संघीय सांसद पाएकाे छ । नेपाली कांग्रेसबाट समानुपातिक सूचिमा रहेका भक्तपुरका दुई उम्मेदवार प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कांग्रेसबाट सिफारिस भएकामध्ये  निवर्तमान केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र डा.गंगालक्ष्मी अवाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

    अवाल भक्तपुर जिल्ला क्षेत्र नं. १ कि हुन् भने मध्यपुर थिमि नगरपालिकाका पुर्व नगर प्रमुख श्रेष्ठ क्षेत्र नं.२ का हुन् । कांग्रेसले  जिल्लाबाट तीन जनालाई समानुपातिक सूचिमा राखेपनि तरूण दलका पुर्व अध्यक्ष बिनाेद कायस्थ भने निर्वाचित हुन सकेनन् । फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० सिट जितेको थियाे । प्रत्यक्षतर्फबाट भने जिल्लाका दुई क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार  विजयी भएका थिए ।


    images

    Logo