images
images

होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि मस्यौदा माथि बृहत अन्तरक्रिया


  • 699
    SHARES
  • २०८२ चैत्र ६ गते शुक्रबार

    होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि मस्यौदा माथि बृहत अन्तरक्रिया

    काठमाडौं । होमस्टे व्यवसायलाई व्यवस्थित र थप मर्यादित बनाउँने उदेश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  होमस्टे (घरवास) महासंघ नेपालको आयोजना तथा नेपाल पर्यटन बोर्ड, दिगो पर्यटन परियोजना, संयुक्त राष्ट्र संघीय विकास परियोजनाको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको हो । 

    कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका सांसद प्रेम भक्त महर्जनले  १५ बर्षअधि बनेको होमस्टे सञ्चालन कार्यबिधी परिमार्जन गर्नु अति आवश्यक भएको बताए । प्रभावकारी अनुगमन नहुंदा होमस्टेलाई हेर्ने दृष्टिकोण बदलिने भएकाले अनुगमन बढाएर थप प्रभावकारी बनाउँन बागमति प्रदेश सरकारले सहयोग गर्ने महर्जनको भनाई थियो । 

    होमस्टे महासंघका महासचिव कृष्ण लाल चौधरीका अनुसार, कार्यक्रममा होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि मस्यौदा माथि बृहत अन्तरक्रिया गर्नुका साथै सुझावसमेत संकलन गरिएको थियो । बिहिवार पर्यटन बोर्डको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै होमस्टे महासंघ नेपालका सल्लाहकार एवं मस्यौदा समितिका विज्ञ सदस्य डा आलोक प्रसाईंले मस्यौदामा सामुदायिक होमस्टे स्थापना गर्न पाँच देखि ४५ वटाघरसम्म हुनुपर्ने व्यवस्था राखिएको जानकारी दिए । 

    homstay-2.jfif

    १५ बर्ष अघि निर्माण भएको होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यबिधी पुरानो र समय सान्दर्भिक नभएको महसुस गरि नयाँ मस्यौदा निर्माणका लागि कार्यदल गत पुसमा गठन गरिएको होमस्टे महासंघ नेपालका अध्यक्ष प्रेम शंकर मर्दनिया थारुले बताए । अध्यक्ष थारुका अनुसार, मस्यौदालाई अन्तिम रुप दिन अन्तरक्रिाया कार्यक्रमको आयोजना गरिएको हो । 

    कार्यक्रमबाट आएका राम्रा सुझावलाई समेटेर  मस्यौदा पर्यटन मन्त्रालयमा पठाउने तयारी भइरहेको बताउँदै नेपाल पर्यटन बोर्डको दिगो पर्यटन परियोजना प्रमुख धर्म दवाडीले मन्त्रालयले यसै साता छुट्टै कार्यदल बनाएर मस्यौदालाई अन्तिमरुप दिने जानकारी दिए । कार्यक्रमका कतिपय सहभागिले सामुदायिक वा निजी होमस्टेले एउटा घरमा पाँच वटासम्म मात्र कोठा राख्न पाउने व्यवस्था भएपनि अनुगमन नहुंदा एउटै घरका २०–२५ वटा कोठामासमेत होमस्टे सञ्चालन गरिएको भन्दै अनुगमनमा जोड दिनुपर्ने सुझाएका थिए । 

    homstay-4.jfif
    undefined

    होमस्टे महासंघका कोषाध्यक्ष एवं कार्यविधि निर्माण कार्यदल सदस्य सुरज बास्तोलाले होमस्टेलाई व्यवस्थित र थप प्रभावकारी बनाउँन कार्यबिधी परिमार्जन गर्ने क्रममा मस्यौदा बनाउँने काम अन्तिम चरणमा पुगेको जानकारी दिए । ओभरअल डेभलपमेन्ट नेटवर्कका अध्यक्ष राजकुमार लामिछानेले राम्रो सेवा सुविधा दिएर होमस्टेमा पाहुना थप आकर्षित गर्न तालिम लगायतका प्रशिक्षणका बारेमा समेत मस्यौदामा उल्लेख गर्नुपर्नेमा जोड दिए ।  

    कार्यक्रममा महासंघका पुर्व केन्द्रीय अध्यक्ष भिम केसी र सल्लाहकार एवं पर्यटन विद डा. अशोक प्रसाईले  ७० जिल्लामा फैलिएको यो व्यवसायमा १० हजारबढी परिवार जोडिएको जानकारी दिदै होमस्टे व्यवसायलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नयाँ कार्यबिधीले थप मदत पुर्रयाउँने बताए ।




    images

    Logo