काठमाडौ । नारायणघाट–बुटवल सडक खण्डमा आजबाट ३ रात सवारी चलाउन रोक लगाइएको छ । आयोजनाको पश्चिम खण्ड कार्यालयले एक सूचना प्रकशित गरि शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।
आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएपछि आयोजनाले राती सवारी साधन नचलाउन आग्रह गरेको हो । सुचना अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा रोकिने छन् । सो समयमा आकस्मिक सेवाका सवारी साधन भने चल्न पाउने छन् ।


