काभ्रेपलाञ्चोक । रोशी खोलामा आएको बढीले डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएपछि सडक पुर्ण रुपमा अवरुद्ध भएको हो ।
सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने प्रयास भइरहेको छ । डिक अवरुद्ध बनेपछि काठमाडौं तर्फबाट गएका सवारी साधन भकुण्डे र कटुन्जेमा होल्ड गरिएको छ । त्यस्तै सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुुई वर्षअघिको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ । निर्माणको क्रममा राजमार्गलाई रोशी खोलाको बगरमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।


