ताप्लेजुङ । पाथीभरा मन्दिर क्षेत्रमा फेरी हिमपात भएको छ । शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए । महतका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो ।
आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । पाथीभराको दर्शनसँगै हिउँ खेल्न पाइने भएकाले पर्यटकसंगै स्थानीय बासिन्दा पनि त्यहाँ पुगेका छन् ।
हिमपात भएसँगै जिल्लाभर चिसो बढेको छ । जिल्लाका अन्य उच्च भेगहरूमा समेत हिउँ परेको स्थानीयहरूले बताएका छन् ।


